+
+
Shares

छोटी भन्सार हटाइएको विरोधमा हुने प्रदर्शनमा सहभागी नहुन रास्वपाको निर्देशन

बरियारपट्टी छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयपछि स्थानीयवासी तथा व्यापारीहरूले निरन्तर विरोध तथा आन्दोलनका कार्यक्रम हुँदैआएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १४:११

२५ वैशाख, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले ध्यानाकर्षण जनाएको छ । रास्वपा सिरहाका जिल्ला सभापति हरिप्रसाद मैनालीले एक ध्यानाकर्षणपत्र जारी गर्दै छोटी भन्सार कार्यालयलाई विस्थापित गर्नुको सट्टा आधुनिक सेवा–सुविधासम्पन्न भन्सार कार्यालयका रूपमा विकास गर्न सरकारसँग माग गरेको छ ।

यस्तै पत्रमा सिरहाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम गुप्ता, शिवशंकर यादव, डा. शम्भुकुमार यादव, तपेश्वर यादव, डा. ललिताकुमारी शाह र पुरुषोत्तम यादवलगायत राज्य र जनताको हितअनुकूल पहल गर्न अनुरोध गरिएको छ ।

यस्तै सोही ध्यानाकर्षण पत्रमा रास्वपा सिरहाले पार्टीका नेता–कार्यकर्ता तथा पदाधिकारीलाई सरकारको निर्णयविरुद्ध सडक आन्दोलन, प्रदर्शन तथा विरोधका कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

बरियारपट्टी छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयपछि स्थानीयवासी तथा व्यापारीहरूले निरन्तर विरोध तथा आन्दोलनका कार्यक्रम हुँदैआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?