News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८८ निष्क्रिय सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
- महानगरले सहकारी ऐन २०७४ को दफा ६६ को उपदफा ३ बमोजिम दर्ता खारेजी प्रक्रिया सुरु गरेको छ।
- ती सहकारीले मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारणसभाको निर्णय प्रतिलिपि र लेखा परीक्षण प्रतिवेदन बुझाउन सकेका छैनन्।
२५ वैशाख, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८८ सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।
महानगरले निष्क्रिय सहकारीको दर्ता खारेज गर्ने ३५ दिने सूचना प्रकाशित गरेको हो ।
वीरगञ्ज महानगरको क्षेत्राधिकार अन्तर्गत सञ्चालनमा रहेका सहकारी संस्थामध्ये कारोबार नगरी निष्क्रिय ८८ सहकारीको दर्ता खारेजी प्रक्रिया समावेश गरिएको छ ।
ती सहकारीले महानगरको सहकारी ऐन, नियमावली बमोजिम बुझाउनुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारणसभाको निर्णय प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा कोपोमिसमा प्रविष्टि समेत नगरी पूर्णरूपमा सम्पर्कविहीन भएको महानगरले जनाएको छ ।
महानगरको सहकारी ऐन २०७४ को दफा ६६ को उपदफा ३ बमोजिम कारबाही गर्न आवश्यक देखिएको हुँदा दर्ता खारेजी प्रक्रियामा लगिएको महानगरले जनाएको छ ।
सोही ऐनको दफा ६६ को उपदफा ४ बमोजिम सुनुवाइका लागि ३५ दिने सूचना प्रकाशन गरिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया 4