+
+
Shares

प्रलोपाले एकता महाधिवेशन सन्तोष परियारको अध्यक्षतामा गर्ने

बैठकले एकता महाधिवेशनका लागि सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीले महाधिवेशन सन्तोष परियारको अध्यक्षतामा गर्ने निर्णय गरेको छ।
  • पार्टी अध्यक्ष परिषद्ले सचिवालय गठन गरी एकता महाधिवेशनका लागि वडा, पालिका र जिल्लामा भेला गर्ने निर्णय गरेको छ।

२५ वैशाख, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो महाधिवेशन सन्तोष परियारको अध्यतामा गर्ने भएको छ ।

बिहीबार बसेको पार्टी अध्यक्ष परिषद्को बैठकले वैशाख ११ र १२ गतेको केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकार बमोजिम अध्यक्ष परिषद्को कार्यविभाजन गर्दै आगामी महाधिवेशनको नेतृत्व गर्ने जिम्मा परियारलाई दिएको हो ।

त्यस्तै बैठकले एकता महाधिवेशनका लागि सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ ।

सचिवालयमा अध्यक्ष परिषद्का सदस्यहरू, प्रदेश इन्चार्जहरू, विभागीय प्रमुख र पार्टी निर्माणमा सक्रिय भएकाहरू रहने प्रलोपाले जनाएको छ ।

प्रलोपाले महाधिवेशनका लागि वडा, पालिका र जिल्लाहरूमा एकता भेला गर्ने र कमिटी बनाउने निर्णय गरेको छ ।

त्यस्तै प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईले कुनै पनि सांगठानिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेरै सहयोग गर्ने बताएकोले त्यसलाई स्वीकार गरी नयाँ यात्राको शुभकामना दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?