News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूवानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिस्कृत बनाउन सरकार लागिपरेको जानकारी गराउनुभयो।
- मन्त्री श्रेष्ठले अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दीगो व्यवस्थापन र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास आवश्यक रहेको बताउनुभयो।
- उहाँले जल तथा मौसम सेवाको दायरा विपद् व्यवस्थापन, पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार र जलस्रोत व्यवस्थापन क्षेत्रमा विस्तार गर्न वित्तीय स्रोत परिचालन गरिने जानकारी दिनुभयो।
२५ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूवानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिस्कृत गर्न सरकार लागिपरेको जानकारी गराएका छन् ।
शुक्रबार ललितपुरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसुन फोरम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जल तथा मौसम सेवाको गुणस्तर सुधारका लागि अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दीगो व्यवस्थापन तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास आवश्यक रहेको बताए ।
‘जल तथा मौसम विज्ञान विभागको गुणस्तरण बढाउन अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल थप विस्तार र दीगो व्यवस्थापन, जल तथा मौसमसम्बन्धी अध्ययन, अनुसन्धान, प्रोत्साहन तथा उच्चतम प्रविधिको प्रयोग गरी प्रारुपहरूको विकास र सञ्चालनमार्फत परिणात्मक स्थान विशेष पूर्वानुमान जारी गर्न लगानी बढाउनुपर्नेछ । जल तथा मौसम पूर्वानुमान र पूर्वसूचना नव प्रवर्द्धन प्रविधिको प्रयोग गरी उपलब्ध सबै सञ्चारमाध्यममार्फत सबैको पहुँचमा पुर्याउने, यस सेवालाई विपद् व्यवस्थापनका साथै पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रहरूको लागि पनि विस्तार गर्ने रहेका छन् ।
पूर्वसूचना प्रणालीलाई नवीन प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्याउनको लागि वित्तीय परिचालन गरिने बताए । उनले जल तथा मौसम सेवाको दायरा विपद् व्यवस्थापनमा मात्रै सिमित नराखी पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रसँग समेत जोड्नुपर्ने बताए ।
‘हाम्रो मन्त्रालयले जल तथा मौसम सेवा विस्तारको लागि थप वित्तिय स्रोत परिचालन गर्न तत्परता देखाएको छ । मौसम विभागलाई समेत यो सम्भावनाको विज्ञान भएको कारण समय समयमा मौसम प्रणाली कतातिर सिफ्ट भइरहेको छ ? जलवायु परिवर्तनको कारण यस्तो फेरबदल भइरहेको हो ? यसको कारण पनि खोज्नुपर्ने छ,’ उनले भने ।
प्रतिक्रिया 4