+
+
Shares

प्रअमाथि दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ

उनीहरूले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ भन्ने पम्प्लेट समेत हालेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे प्रहरीले चासो देखाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा पिपलकोट माध्यमिक विद्यालयका प्रअ दामोदर ओझामाथि कालोमोसो दलेर सार्वजनिक रूपमा बेइज्जत गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ।
  • पक्राउ पर्नेमा ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन्।
  • पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कानुन बमोजिम कारबाही गरिने डीआईजी ओमबहादुर रानाले जानकारी दिए।

२५ वैशाख, बैतडी । बैतडीमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापक (प्रअ) लाई दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रअ दामोदर ओझामाथि कालोमोसो दलेर सार्वजनिक रूपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेको सुदूरपश्चिमका डीआईजी ओमबहादुर रानाले जानकारी दिए ।

उनकाअनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।

उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

डीआईजी रानाले उनीहरूलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

पिपलकोट माध्यमिक विद्यालयमा शिक्षकका लागि तारा महताले परीक्षा दिएकी थिइन् । तर, पहिलो परीक्षामै उनी फेल भएकी थिइन् ।

परीक्षामा अनुत्तीर्ण भएपछि आक्रोशित बनेका महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएर सार्वजनिक रूपमा बेइज्जत गरेको पीडित पक्षको आरोप छ ।

उनीहरूले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ भन्ने पम्प्लेट समेत हालेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे प्रहरीले चासो देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?