+
+
Shares

सरकार नाजीवादको घोडा चढेर हिंडिरहेको छ : सुदन किराँती

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गर्नुभयो।
  • किराँतीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै पार्टीहरूलाई धार्मिक संस्था जस्ता भएको र नेताहरूको देवत्वकरण भइरहेको बताउनुभयो।
  • उनले पुराना दलमा तानाशाही प्रवृत्ति हावी रहेको र आफूले नेकपा माओवादी केन्द्र छोड्नुको कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पार्नुभयो।

२५ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किराँतीले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै उनले उनले पार्टीहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गरे ।

मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पारे ।

‘सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ । तर सम्झिइराखोस्, नाजीवाद र फाँसीवाद इतिहासको चिहानमा पुरिइसकेको छ । मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ,’ उनले भने, ‘त्यस्तो स्थितिमा हामी थियौँ । पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन ।’

किराँतीले अबको राजनीतिक बाटो ‘प्रकृति, संस्कृति र प्रविधि’ को समायोजन हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?