२५ वैशाख, विराटनगर । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानबाट ठगिएका निक्षेपकर्ताहरूले आफ्नो बचत फिर्ता गराइदिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्र लेखेका छन् । बराह सहकारी पीडित समन्वय समितिले करिब ११ अर्ब बचत फिर्ता गराइदिन माग गर्दै लामिछानेलाई पत्र लेखेका हुन् ।
सहकारीले सुनसरीको धरानलगायत देशभरका करिब १० हजार सर्वसाधारणको बचत रकम हिनामिना भएको पीडितहरूको गुनासो छ । २०७८ मंसिरदेखि नै बचतकर्ताको रकम फिर्ता नदिएर सहकारीका सञ्चालकहरू फरार भएपछि हजारौँ परिवारको बिचल्ली भएको पत्रमा उल्लेख छ ।
रास्वपाले निर्वाचनमा गरेको वाचा स्मरण गराउँदै पीडितहरूले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउन लामिछानेसँग माग गरेका छन् ।
सञ्चालक फरार भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २०८२ भदौ २२ मा बराह सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरेको थियो । त्यसयता कुनै ठोस प्रक्रिया अघि नबढेको पीडितको गुनासो छ ।
बराह सहकारी पीडित समन्वय समितिले सहकारीको सम्पत्ति र दायित्वको विस्तृत छानबिन गर्न, मुख्य सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाही गर्न र पीडितको बचत रकम फिर्ताका लागि ठोस पहल गर्न माग गरेका छन् ।
सहकारी संकटग्रस्त भएपछि अध्यक्ष मानबहादुर विश्वकर्मा, सञ्चालकहरू अमरबहादुर विश्वकर्मा र गंगा बहादुर कालिकोटेलगायत फरार छन् ।
यस्ताे छ रवि लामिछानेलाई पठाइएको पत्र :

प्रतिक्रिया 4