+
+
Shares

‘अपरेशन सिन्दूर’ को वार्षिकोत्सवमा भारतीय दूतावासले गर्‍यो श्रद्धाञ्जली कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित भारतीय दूतावासले २२ अप्रिल २०२५ को पहलगाम आक्रमणको पहिलो स्मृतिमा ‘अपरेशन सिन्दूर’ वार्षिकोत्सव मनाएको छ।
  • आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ सर्वसाधारणले ज्यान गुमाएको थियो।
  • परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त आतंकवादी आक्रमणको निन्दा गर्नुभएको थियो।

२५ वैशाख, काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले जम्मू र कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको आक्रमणको पहिलो स्मृतिमा ‘अपरेशन सिन्दूर’ को वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा दूतावासले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त आतंककारी हमलामा एक नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालको सन्देश वाचन गरिएको थियो ।

आफ्नो सन्देशमा उनले भारतीय जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त बर्बर आतंकवादी आक्रमणको निन्दा गरे ।

कार्यक्रममा नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरू, नेपाल–भारत मैत्री संघका प्रतिनिधिहरू र भारतीय दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले पहलगाम आक्रमणमा ज्यान गुमाउने निर्दोष नागरिकहरूको सम्झनामा मौन धारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?