२६ वैशाख, जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाकी श्रीमती ५० वर्षीया सुनिता सदाको मृत्यु भएको हो ।
सुनिता शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न गएकी थिइन् । त्यसैबेला हावाहुरीले गोठ भत्काउँदा उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4