News Summary
Generated by OK AI. Editorially reviewed.- फिबा एसिया कप २०२९ प्रि क्वालिफायर्समा नेपाल समूह ए मा परेको छ ।
- समूह ए को खेल युएईको दुबईमा २०८३ भदौ ८ देखि १९ सम्म सञ्चालन हुनेछ ।
- प्रि क्वालिफायर्सको हरेक समूहबाट शीर्ष तीन टिम दोस्रो चरणमा प्रवेश गर्ने फिबाले जनाएको छ ।
२६ वैशाख, काठमाडौं । फिबा एसिया कप बास्केटबल २०२९ प्रि क्वालिफायर्समा नेपाल समूह ए मा परेको छ ।
फिबाले शुक्रबार फिबा एसिया कप प्रि क्वालिफायर्स पहिलो चरणको ड्र सार्वजनिक गरेको हो ।
फिबा एसिया कप २०२९ क्वालिफायरका खेलहरु २०२६ अगष्ट देखि २०२९ फेब्रुअरीसम्म सञ्चालन हुनेछ । त्यसअन्तर्गत फिबा एसिया कप प्रि क्वालिफायर्स अगष्ट २४ देखि सेप्टेम्बर १ ( २०८३ भदौ ८ देखि १९) सम्म एसियका विभिन्न देशमा सञ्चालन हुनेछ ।
प्रि क्वालिफायर्समा एसियाका १७ र ओसियाका क्षेत्रका १ गरी कूल १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रहेको समूह ए मा बहराइन, युएई, कुवेत र ओमान छन् । यस समूहको खेल युएईको दुबईमा हुनेछ । यस्तै समूह बी मा काजखस्तान, प्यालेस्टाइन, श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान छन् । यस समूहको खेल काजाखस्तानको अलमाटीमा हुनेछ ।
समूह सी मा इन्डोनेसिया, मलेसिया र सिंगापुर तथा समूह डी मा थाइल्यान्ड, मंगोलिया, भियतनाम र फिजी छन् । समूह सी को छनोट मलेसिया र समूह डी को छनोट मंगोलियामा हुनेछ ।
प्रि क्वाफायर्सको हरेक समूहबाट शीर्ष तीन टिम दोस्रो चरणमा प्रवेश गर्ने फिबाले जनाएको छ । दोस्रो चरणमा छनोट भएका टिमलाई दुई समूहमा विधाजन गरिनेछ । दुवै समुहमा समान ६ टिम हुनेछन् ।
दुवै समूहको शीर्ष ४-४ टोली फिबा एसिया कप २०२९ क्वालिफायर्समा छनोट हुनेछन् ।
क्वालिफायर्सबाट छानिएका उत्कृष्ट ८ टोली र फिफा एसिया कप २०२५ को उत्कृष्ट १६ टोली गरी २४ टोलीको मुख्य छनोट प्रतियोगिता हुनेछ । जसबाट शीर्ष १६ टोली सन् २०२९ मा हुने फिबा एसिया कपमा छनोट हुनेछन् ।
प्रतिक्रिया 4