+

फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअफ सार्वजनिक, कुन देशमा कसले दिनेछन् प्रस्तुति ?

२०८३ वैशाख  २६ गते १६:०० २०८३ वैशाख २६ गते १६:००
फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअफ सार्वजनिक, कुन देशमा कसले दिनेछन् प्रस्तुति ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को उद्घाटन समारोह अमेरिका, क्यानडा र मेक्सिकोमा तीन फरक स्थानमा हुने फिफाले शनिबार सार्वजनिक गरेको छ ।
  • अमेरिकाको लस एन्जलसमा जुन १२ मा ९० मिनेटको उद्घाटन समारोह हुनेछ जसमा क्याटी पेरी लगायत कलाकारहरूले प्रस्तुती दिनेछन् ।
  • विश्वकप जुन ११ देखि जुलाई १९ सम्म तीन राष्ट्रमा आयोजना हुनेछ र ४८ उत्कृष्ट देशले प्रतिस्पर्धा गर्नेछन् ।

२६ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा हुने भएको छ ।

फिफाले शनिबार आयोजक अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअफ सार्वजनिक गरेको छ ।

विश्व फुटबलको महाकुम्भको रुपमा रहेको फिफा विश्वकप उद्घाटनको अवसरमा यस पटक तीन फरक देशमा सेलेब्रेसन हुने फिफाले जनाएको छ । जहाँ विश्व चर्चित सेलेब्रेटीहरु क्याटी पेरी देखि नोरा फतेही सम्मले प्रस्तुती दिनेछन् ।

उत्तर अमेरिकामा हुने विश्वकपमा फुटबल, संगित र मनोरञ्जनलाई एकसाथ जोड्ने प्रयास हुनेछ ।

फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन फरक उद्घाटन समारोह आयोजना हुन लागेको हो ।

जुन १२ मा अमेरिकाको लन एन्जसलमा उद्घाटन समारोह हुनेछ । जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाले प्रस्तुती दिनेछन् ।

जुन १२ मा लस एन्जलमा ९० मिनेटको उद्घाटन समारोह हुने फिफाले जनाएको छ । फिफा अध्यक्ष जेरेमी इन्फान्टिनोले

लस एन्जलसमा हुने यो उद्घाटन समारोहले फिफा विश्वकप २०२६ कति विशाल र असाधारण स्तरको हुने छ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्ने बताए ।

यस्तै उनले कलाकारहरूको यो सूचीले अमेरिकाको सांस्कृतिक विविधता र त्यहाँ रहेका विभिन्न आप्रवासी समुदायहरूको जीवन्तता झल्काने र यसले संगीत, मनोरञ्जन र पप संस्कृतिमा अमेरिकाको समृद्ध प्रभावलाई उजागर गर्नुका साथै, देशभरका मानिसहरूलाई एकताबद्ध गर्न संगीतको शक्तिलाई पनि प्रदर्शित गर्ने बताए ।

यस्तै मेक्सिकोमा जुन ११ मा हुने उद्घाटन समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, डान्नी ओसिएन, जे बालविन, लिला डोवन्स, लस एन्जलस अजुल, माना, टाएलाले प्रस्तुती दिनेछन् ।

यस्तै क्यानडामा जुन १२ मा हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलेस्सिया कारा, एलिएना, जेस्सी रेयेज, माइकल बबल, नोरा फतेही, सन्जोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुती दिनेछन् ।

जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा विश्वका उत्कृष्ट ४८ देशले प्रतिस्पर्धा गर्नेछन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय