News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा चेल्सीविरुद्ध १-१ को बराबरी खेलेको छ।
- लिभरपुलले छैटौं मिनेटमा रायन ग्राभनबर्कको गोलले अग्रता लिएको थियो।
- चेल्सीका एन्जो फर्नान्डेजले ३५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
२६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।
शनिबार साँझ लिभरपुलले घरेलु मैदानमा चेल्सीविरुद्ध अग्रता लिएपनि जोगाउन नसक्दा १-१ को बराबरी खेलेको हो ।
छैटौं मिनेटमा नै रायन ग्राभनबर्कको गोलमार्फत लिभरपुलले गोल गरेको थियो । एन्जो फर्नान्डेजले ३५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा कुनै पनि टोलीबाट थप गोल हुन सकेन र खेल १-१ कै बराबरीमा सकियो ।
बराबरीपछि चौथो स्थानको लिभरपुलको ३६ खेलमा ५९ अंक भएको छ भने चेल्सी समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया 4