News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको चौदण्डीगढी नगरपालिकाले जातीय विभेद तथा छुवाछूतमुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरेको छ।
- नगर प्रमुख कालुमान लामाले औपचारिक रूपमा छुवाछूतमुक्त नगरपालिका घोषणा गरेका छन्।
- नगरपालिकाले जातीय विभेद अन्त्यका लागि दलित सशक्तीकरण ऐन पारित गरिसकेको छ।
२६ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जातीय विभेद तथा छुवाछूतमुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरिएको छ ।
‘हाम्रो सरोकार, हाम्रो प्रतिबद्धता : जातीय छुवाछुत मुक्त चौदण्डीगढी नगरपालिका’ भन्ने नारासहित चौदण्डीगढी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछूतमुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरेको हो ।
शनिबार पालिकाको केन्द्र बेल्टार बजार स्थित बसपार्कमा आयोजित कार्यक्रम मार्फत पालिकालाई “जातीय विभेद तथा छुवाछूतमुक्त नगरपालिका घोषणा कार्यान्वयन अभियान” को आयोजना गरिएको हो ।
कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरलाई औपचारिक रूपमा छुवाछूतमुक्त घोषणा गरे ।
यसको प्रभावकारी कार्यान्वयनका लागि सबै वडा, सबै टोलविकास संस्था र जिम्मेवार निकायको पूर्ण सहयोग आवश्यक रहेको उनले बताए ।
उनले जातीय विभेद र छुवाछुत अन्त्य गर्न नगरपालिकाले दलित सशक्तीकरण ऐन समेत पारित गरिसकेको समेत जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले जातीय विभेद अन्त्यका लागि स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया 4