News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सरु लिम्बुको गोलमा किकस्टार्टले इन्डियन वुमन्स लिगमा गोकुलम केरलालाई १-० ले पराजित गरेको छ।
- किकस्टार्टले ११ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा उक्लेको छ भने गोकुलम केरलाले १३ अंकसहित पाँचौं स्थान ओगटेको छ।
- नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे टिममा समावेश भएपछि किकस्टार्टले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
२६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सरु लिम्बुको गोलमा किकस्टार्टले इन्डियन वुमन्स लिग (आईडब्लुएल) मा जित हात पारेको छ ।
शनिबार भएको खेलमा किकस्टार्टले गोकुलम केरलालाई १-० ले पराजित गरेको हो । किकस्टार्टका लागि सरुले खेलको १७औं मिनेटमा गोल गरिन् ।
यो जितपछि किकस्टार्ट ११ खेलबाट १६ अंक जोडेर चाैथो स्थानमा उक्लेको छ । किकस्टार्टले गोकुलमलाई नै पछि पर्दै चाैथो स्थानमा उक्लेको हो ।
समान खेलबाट १३ अंक रहेको गोकुलम केरला पाँचाै स्थानमा छ । निता फुटबल एकेडेमी समान अंक भएपनि गोलअन्तरमा किकस्टार्ट पछि छ ।
नेपाली खेलाडीद्वय सरु र रेनुका नगरकोटे टिममा समावेश भएपछि किकस्टार्टले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
इस्ट बंगाल १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया 4