+

इशानलाई समेट्दै लिग २ को लागि नेपाली टोलीको घोषणा

२०८३ वैशाख  २६ गते २०:१४ २०८३ वैशाख २६ गते २०:१४
इशानलाई समेट्दै लिग २ को लागि नेपाली टोलीको घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग हुने घरेलु शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ।
  • टोलीमा बाँयाहाते ब्याटर इशान पान्डे पहिलोपटक परेका छन् भने रोहित पौडेल कप्तान छन्।
  • नेपालले २९ वैशाखदेखि सुरु हुने लिग २ शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ।

२६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग हुने आगामी घरेलु शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार साँझ विज्ञप्ति जारी गर्दै टोली सार्वजनिक गरेको हो । टोलीमा बाँयाहाते ब्याटर इशान पान्डे पहिलोपटक परेका छन् ।

ओमान र यूएईसँग खेलेको टोलीबाट बसिर अहमद बाहिरिँदा इशान पान्डे टोलीमा परेका हुन् । इशानले टी-२०आई डेब्यू सन् २०१९ मै गरेका थिए भने ओडीआईमा मौका पाएका छैनन् ।

टी-२०आईमा इशानले नेपालका लागि ४ खेल खेलेका छन् । चारवटै खेल २०१९ मा खेलेका हुन् भने त्यसयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।

इशानले जय ट्रफीमा शतकसहितको प्रदर्शन गरेपछि लिग २ का लागि क्याम्पमा परेका थिए । तर त्यसपछि पश्चिम एसियाको युद्धका कारण लिग २ स्थगित भएको थियो ।

यसबीचमा पीएम कप पनि भयो । पीएम कपपछि लिग २ को शृंखला घोषणा हुँदा भने इशान टोलीमा परेनन् । तर अब भने नेपाल ए बाट पनि राम्रो गर्दै आएका इशान सिनियर राष्ट्रिय टोलीमा परेका हुन् ।

नेपालले ओमान र यूएईसँग भएको घरेलु शृंखलामा नेपालले यूएईलाई दुई खेलमा हराएको थियो भने ओमानसँग एक जित र एक हारको नतिजा निकालेको थियो ।

नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग २ शृंखला आउँदो मंगलबार (२९ वैशाख) देखि सुरु हुँदैछ ।

नेपालले स्कटल्यान्डसँग २९ वैशाखमा स्कटल्यान्डसँग खेल्नेछ भने २ जेठमा अमेरिकासँग, ४ जेठमा स्कटल्यान्डसँग अनि ८ जेठमा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल,
सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी

इशान पान्डे नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय