News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र सन्डरल्यान्डले गोलरहित बराबरी खेलेका छन्।
- बराबरीपछि म्यान्चेस्टर युनाइटेडको ३६ खेलबाट ६५ अंक र सन्डरल्यान्डको ४८ अंक भएको छ।
- शनिबार ब्राइटनले वुलभ्सलाई ३-० र बर्नमाउथले फूलहमलाई १-० ले हराएको छ।
२६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा म्यान्चेस्टर युनाइटेड र सन्डरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।
सन्डरल्यान्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले केही अवसरहरू बनाएपनि गोल भने गर्न सकेन । सन्डरल्यान्डले पनि गोल गर्न सकेन र दुवै टोलीले अंक बाँडे ।
यो बराबरीपछि तेस्रो स्थानको युनाइटेडको ३६ खेलबाट ६५ अंक भएको छ भने सन्डरल्यान्डको समान खेलबाट ४८ अंकसहित १२औं स्थानमा छ ।
शनिबार बेलुका नै भएका अन्य खेलमा ब्राइटनले वुलभ्सलाई ३-० ले हराएको छ भने बर्नमाउथले फूलहमलाई १-० ले पराजित गरेको छ ।
प्रतिक्रिया 4