+
+
Shares

अदुवा र लसुनको मूल्य बढ्यो

समितिको तथ्यांक अनुसार आज आइतबार अदुवाको मूल्य प्रतिकिलो थोकमा औसत ३४ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार अदुवा र लसुनको मूल्यमा वृद्धि भएको छ।
  • अदुवाको मूल्य प्रतिकिलो थोकमा औसत ३४ रुपैयाँले बढेर १ सय १४ रुपैयाँ पुगेको छ।
  • सुकेको नेपाली लसुनको मूल्य पनि प्रतिकिलो थोकमा औसत २० रुपैयाँले बढेर १ सय ५ रुपैयाँ पुगेको छ।

२७ वैशाख, काठमाडौं । स्थानीय बजारमा अदुवा र लसुनको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार अदुवा र लसुनकोे मूल्यमा बढोत्तरी भएको देखाएको हो ।

समितिको तथ्यांक अनुसार आज आइतबार अदुवाको मूल्य प्रतिकिलो थोकमा औसत ३४ रुपैयाँ बढेको छ ।

हिजो शनिबार अदुवा प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम १ सय र औसत ८० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने अदुवा प्रतिकिलो थोकमा न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १४ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आइतबार बजारमा सुकेको नेपाली लसुनको मूल्य पनि प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो शनिबार लसुन प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज आइतबार भने सुकेको नेपाली लसुन प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय २० र औसत १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?