+
+
Shares

लेक लागेर सगरमाथा आरोहीको निधन   

रासस रासस
२०८३ वैशाख २७ गते १२:४५
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आरोहणमा जाने क्रममा सोलुदुधकुण्ड नगरपालिका–७ का विजय घिमिरे विश्वकर्माको लेक लागेर मृत्यु भएको छ।
  • घिमिरे सगरमाथाको क्याम्प–१ क्षेत्रमा बिहान करिब ४ः०० बजे बिरामी परेका थिए र बाटोमै निधन भएका हुन्।
  • उनको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ लैजाने तयारी भइरहेको छ।

२७ वैशाख, सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी परेका थिए ।

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो ।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?