+
+
Shares

‘लालीबजार’विरुद्ध माइतीघरमा बादी समुदायको प्रदर्शन(तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बादी समुदायका प्रतिनिधिहरूले काठमाडौंको माइतीघर मण्डलमा चलचित्र लालीबजार विरुद्ध प्रदर्शन गरेका छन्।
  • उनीहरूले चलचित्रले आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या गरेको आरोप लगाएका छन्।
  • बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर नकारात्मक भ्रम फैलाउन खोजिएको भन्दै चलचित्र बन्द गर्न माग गरेका छन्।

२७ वैशाख, काठमाडौं । चलचित्र लालीबजार विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे ।

चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?