News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गत १३ चैतदेखि १६ वैशाख २०८३ सम्म ८६ हजार ७०२ चालकलाई कारबाही गरेको छ।
- ट्राफिकले मादक पदार्थ सेवन गर्ने ४ हजार ४५२ र लेन अनुशासन उल्लंघन गर्ने ७ हजार ७५८ चालकलाई कारबाहीमा ल्याएको छ।
- ट्राफिकले ६ करोड ३९ लाख २८ हजार ५८५ रुपैयाँ राजश्व संकलन गरेको छ र भीआईपीदेखि नेपाल पुलिसका सवारीसम्म कारबाही गरेको छ।
२७ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीले अहिले चेकिङमा कडाइ गर्न थालेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सभामुखको सवारीदेखि अगुवा पछुवा गाडीसम्म कारबाहीमा पर्न थालेका छन् । भीआईपी, भीभीआईपीका सवारीदेखि नेपाल पुलिसकै सवारीले नियम उल्लंघन गरेको भन्दै ट्राफिकले चिट काटेको थियो ।
पहिलेको तुलनामा अहिले ट्राफिकले जाँचमा निकै कडाइ गर्नुका साथै दिउँसै मादक पदार्थ सेवन (मापसे) को जाँच समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गर्न थालेको छ । मापसे, लापसे (लागुपदार्थ सेवन)देखि अन्य ट्राफिक नियम उल्लंघन गर्नेमाथि अहिले ट्राफिकले कारबाहीलाई तीव्रता पारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नयाँ सरकार गठन भएयता अर्थात गत १३ चैतदेखि १६ वैशाख २०८३ सम्म डेढ महिनाको अवधिमा ८६ हजार भन्दा बढी चालकलाई कारबाही गरेको छ ।

यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ८६ हजार ७०२ चालकलाई कारबाहीको दायरामा ल्याइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।
जसबाट ६ करोड ३९ लाख २८ हजार ५८५ राजश्व संकलन भएको ट्राफिकले बताएको छ । यो अवधिमा मापसे गर्ने ४ हजार ४५२ चालक, लेन अनुशासन उल्लंघन गर्ने ७ हजार ७५८ चालक, तीव्र गतिमा चलाउने २ हजार ७२७ चालक कारबाहीमा परेका छन् ।
त्यस्तै रातो बत्तीमा सवारी चलाउने ७ हजार ७२४ चालक, स्वरुप परिवर्तन गरेर सवारी चलाउने ११२ चालक, बढी भाडा असुल्ने ५५ चालक, लापसे गर्ने ५२ चालक कारबाहीमा परेका छन् ।
यान्त्रिक ठिक नभएको सवारी चलाउने ७६६ चालक, प्रदूषणमा २४६ चालक, मोड्न निधेष ठाउँमा मोड्ने ६ हजार २७३, राइड शेयरका ५ हजार ८४८ चालक, अनावश्यक हर्न बजाउने २ हजार ४६५ चालक, लामो दूरीमा डबल चाकल नराख्ने ६, लाइसेन्स बिना सवारी चलाउने २ हजार ५५८ जना गरी ८६ हजार ७०२ चालकलाई कारबाही गरिएको ट्राफिकले बताएको छ ।
प्रतिक्रिया 4