News Summary
Generated by OK AI. Editorially reviewed.- प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म 'जाली भान्जा' आइसल्याण्डको रेक्याभिकमा आयोजित प्रिमियर समारोहमा प्रदर्शन गरिएको थियो।
- प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा, प्रस्तुति र मौलिक ग्रामीण परिवेशको प्रशंसा गरेका थिए।
- निर्देशक प्रकाश तिवारीले फिल्ममा सोझोपन, सम्बन्ध र मान्छेको व्यवहारलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको बताए।
रेक्याभिक, आइसल्याण्ड । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म ‘जाली भान्जा’ युट्युबमा सार्वजनिक गरिएको छ । यहाँ आयोजित प्रिमियर समारोहमा फिल्म प्रदर्शन गरिएको थियो ।
सो अवसरमा आइसल्याण्डको राजधानी रेक्याभिकमा बसोबास गर्ने नेपाली समुदायको उपस्थिती थियो । स्क्रिनिङपछि निर्मातासँग दर्शकले अन्तक्रिया समेत गरे ।
प्रिमियरमा सहभागी दर्शकले कथा, प्रस्तुति र मनोरञ्जन पक्षको प्रशंसा गर्दै फिल्मको सकारात्मक चर्चा गरे । फिल्ममा चित्रण गरिएको मौलिक ग्रामीया परिवेशले आफूहरूलाई आफ्नै गाउँघर पुगेको अनुभूति भएको प्रतिक्रिया दर्शकले दिए ।
‘दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित तुल्याएको छ’ निर्देशक प्रकाश तिवारी ‘पिके’ले भने ।
उनका अनुसार, यो फिल्म ग्रामीण परिवेशमा सोझोपन, सम्बन्ध र मान्छेको व्यवहारलाई हल्का व्यंग्यात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको लघु फिल्म हो ।
एक चलाख भान्जा र सोझो मामाको यात्रामार्फत निर्देशकले विश्वास, छलकपट र मानवीय स्वभावलाई देखाउने प्रयास गरेका छन् । फिल्ममा निर्देशक तिवारीसहित सविन बास्तोला ‘गिरधारी’, सुनिल बास्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय गरेका छन् ।
प्रसुन फिल्म्सद्वारा निर्माण गरिएको यो फिल्मको प्रिमियर कार्यक्रममा दर्शकसँग प्रतिक्रिया लिने क्रममा निर्माताद्वय प्रमोद अधिकारी तथा सुलोचना दुवाडीले आगामी दिनमा पनि चलचित्र निर्माणलाई निरन्तरता दिने बताएका थिए ।
छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सन पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतमराज खड्काले गरेका हुन्।
प्रतिक्रिया 4