News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणमा परी १५ प्रहरीको मृत्यु भएको छ।
- बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतक सबै प्रहरी रहेको पुष्टि गरे।
- आक्रमणमा तीन जना घाइते भएका छन् र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ।
बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे । उनले मृतक सबै प्रहरी रहेको बताए।
यसबाहेक तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
यसअघि बन्नु रेन्जका प्रहरी अधिकृत सज्जाद खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा फतेह खेल चौकी भवनको भग्नावशेषबाट १२ प्रहरीको शव निकालिएको र तीन जना कर्मचारीलाई भग्नावशेषबाट जीवितै निकालिएको उल्लेख छ।
रोयटर्सको रिपोर्ट अनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी बन्नु शहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा ठोक्किएको थियो । एक सुरक्षा अधिकारीको दाबी अनुसार विस्फोटपछि आतंककारीहरू चौकीमा प्रवेश गरे र प्रहरीमाथि गोली चलाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4