News Summary
Generated by OK AI. Editorially reviewed.- शनिबार बिहान १० बजेर २४ मिनेटमा प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा सेतो सर्ट र कफी पाइन्टमा फोटो पोस्ट गर्नुभयो।
शनिबार बिहान ठ्याक्कै १० बजेर २४ मिनेटमा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुकमा एउटा साधारण तर आकर्षक फोटो पोस्ट गरे । कुनै क्याप्सन बिना, कुनै औपचारिकता बिना । उनी सेतो सर्ट, सेतो जुत्ता र कफी कलरको पाइन्टमा एकदमै शान्त र आनन्दित मुद्रामा देखिएका थिए ।
बालेन शाहको पूर्णकदको फोटो नेपाली समाजका लागि एक सरप्राइज नै हो । किनभने उनी त्यति सार्वजनिक रुपमा देखिन, भेटिन वा आफूलाई पेश गर्न चाहँदैनन् । यसै भन्छन् नेपाली समाज । त्यही कारण त बालेन शाहलाई कहाँ देखिएला भन्ने मात्र होइन उनले के बोल्लान् भनेर पर्खनेहरूको लस्कर सानो छैन ।
फेसबुकमा जब उनले कुनै पोस्ट गर्छन् ‘जस्ट नाऊ’ मै हजारौं लाइक्स, कमेन्ट र रियाक्सन भरिभराउ हुन्छ ।
यस्तै भयो, शनिबार पनि । फोटो पोस्ट भएको केही घण्टामै एकदमै भाइरल भयो । लाइक र कमेन्टको बाढी नै आयो । फोटोमा धेरैले सकारात्मक कमेन्ट गर्दै प्रधानमन्त्रीलाई यो लुकमा सुहाएको बताएका छन् ।
फोटो पोष्ट भएको केही समयमै मानिसहरूले यसलाई आफ्नो तरिकाले प्रयोग गर्न थाले । केहीले बालेनको शरीरमा आफ्नो टाउको जोडेर मिम बनाए, केहीले उनको छेउमा बसेर ‘कफी खाइरहेको’ दृश्य निर्माण गरे, कसैले छेउमा बसेर गफ गरिरहेको फोटो बनाए, त कोहीले विभिन्न रमाइला स्टोरीहरू बुने ।
यो क्रिएटिभिटीले सामाजिक सञ्जालमा ठूलो मनोरञ्जनको तरंग ल्यायो । युवाहरूबीच यो फोटो ‘ट्रेन्ड’ बन्यो र हजारौं संस्करणहरू तयार भए ।
कतिपयले यसलाई नकारात्मक रूपमा लिए । ‘प्रधानमनत्रीको फोटो तोडमोड गर्नु उचित होइन’ भने । धेरैजसोले यसलाई रमाइलो र सकारात्मक रूपमा लिइरहेका छन् । यो घटनाले के देखाउँछ भने बालेन शाह जस्ता नेताहरूले पनि औपचारिक भूमिकाबाहेक आफूलाई सामान्य मानिसको रूपमा प्रस्तुत गर्न सक्छन् ।
साइबर सुरक्षा र डीपफेकको सन्दर्भमा केही चासो स्वाभाविक छ, तर यो घटना मुख्य रूपमा रमाइलो मिम कल्चरको उदाहरण हो, जसले कुनै हानि नगरिकन सामाजिक एकता र हाँसोको वातावरण सिर्जना गरेको छ ।
प्रतिक्रिया 4