+

क्यानका अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ

२०८३ वैशाख  २७ गते १६:२४ २०८३ वैशाख २७ गते १६:२४
क्यानका अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघको साधारणसभामा अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रामचरित्र मेहताबीच संघ नवीकरण र कानुन पालना विषयमा सवाल-जवाफ भएको छ।
  • क्यानले २०८२ असारसम्म नवीकरण गरेको छ र त्यसयता नवीकरण नगरेको तथा नेपाल प्रिमियर लिगको हिसाब पारदर्शी नगरेको आरोप लागेको छ।
  • युवा तथा खेलकुद मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिनमा सहयोग नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेको छ।

२७ वैशाख, विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभामा संघका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिवबीच सवाफ-जवाफ भएको छ । संघ नवीकरणको विषयलाई लिएर सम्बोधनका क्रममा घुमाउरो रूपमा सवाल-जवाफ भएको हो ।

विराटनगरमा आइतबारबाट सुरु भएको क्यानको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहताले सबैले कानुनको पालना गर्नुपर्ने बताएका थिए । कसले कति कानुन मिच्यो, को कति बलियोभन्दा पनि सबै गतिविधि कानुनसम्मत बनाउनु पर्ने उनको भनाइ थियो ।

क्यानले २०८२ असारसम्मका लागि नवीकरण गरेको छ । त्यसयता नवीकरण गरेको छैन । नेपाल प्रिमियर लिग एनपीएलको हिसाब पनि क्यानले पारदर्शी गरेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्‌लाई पत्र लेखेको थियो ।

नवीकरणका लागि वार्षिक प्रतिवेदन, भावी योजना, लेखा परीक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको कागजपत्रलगायत राखेपमा पेस गर्नुपर्ने हुन्छ । तर साधारणसभा नभएका कारण क्यानले कागजपत्र पेस गर्न सकेको छैन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारणसभामा ढिलाइ भएको बताए । पछिल्लो अवस्थाका बारेमा एसीसी र राखेपलाई यस विषयमा जानकारी पनि गराएको उनले बताए । क्यानले क्रिकेटका लागि गौरवमय काम गर्दै आएको उनको दाबी थियो ।

साधारणसभा हल बाहिर क्यानका सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारणसभामा केही ढिलाइ भएको बताएका थिए ।

क्यान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय