News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाई नेपा ट्राभल एन्ड टुर्सले \'विङ्स अन्डर फोर्टी\' अवार्डअन्तर्गत \'बेस्ट इन ट्राभल मार्केटिङ\' सम्मान प्राप्त गरेको छ।
- कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीको नेतृत्वमा नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै सम्मान प्रदान गरिएको हो।
- अवार्ड ग्रहणपछि अधिकारीले \'नेपालको पर्यटनलाई विश्वबजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आउँदा दनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता\' व्यक्त गरे ।
२७ वैशाख, काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको फ्लाई नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अन्डर फोर्टी’ अवार्डअन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ’ सम्मान प्राप्त गरेको छ ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकारीको नेतृत्वमा यसले नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।
काठमाडौंस्थित होटेल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिलले गरेको थियो । सहआयोजकका रूपमा यात्रा म्यागजिन थियो ।
कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पुर्याएका ४० वर्षमुनिका युवा उद्यमीलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवर्द्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवर्द्धनलाई सम्मान गरिएकामा आयोजकप्रति आभार व्यक्त गरे । उनले नेपालको पर्यटनलाई विश्वबजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आउँदा दनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत काम गर्दै आएको फ्लाई नेपा ट्राभल्स एन्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया 4