News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२१ मा मुस्ताङको उच्च हिमाली भेगमा खिचिएको नेपाली सर्ट फिल्म ‘द साइलेन्ट इको’ को मुख्य गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
- ‘द साइलेन्ट इको’ फिल्ममा चार बालबालिकाको कथा छ, जसलाई भारतीय निर्देशक सुमन सेनले निर्देशन गरेका हुन् र गीत सौरभ राईले लेखेका हुन्।
- नाउनेस एसियाले सन् २०२६ फेब्रुअरी २१ मा यो फिल्म निःशुल्क सार्वजनिक गरेपछि यसको चर्चा पुनः सुरु भएको छ।
ओ ओ ओ ओ, ओओओओ, ओओओ, ओओओओ
लौ सुन सुन, सुन सुन सुन, लौ सुन सुन है, लै लै
लौ सुन सुन, सुन सुन सुन, लौ सुन सुन है
के नै छ यो पहाडमा, दु:ख बाहेक झन्
एक दिन छोडी जानुछ रुवाउँदै सबको मन
सबैलाई विदा दिँदै रुवाउँदै सबको मन
साथीभाइ आँसु झार्छन्, रुवाउँदै सबको मन
४ वर्षअघि रिलिज भएको सर्ट फिल्म ‘द साइलेन्ट इको’ को यो गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सन् २०२१ मा मुस्ताङको उच्च हिमाली भेगमा खिचिएको यो फिल्मको गीतले यतिबेला इन्स्टाग्राम र फेसबुकका रिलहरूमा कब्जा जमाएको छ ।
सन् २०२१ मा अप्पर मुस्ताङमा छायांकन गरिएको र विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा पुरस्कार जितेको नेपाली सर्ट फिल्म ‘द साइलेन्ट इको’ को मुख्य गीत यतिबेला सामाजिक सञ्जालमा ’ट्रेन्डिङ’ बनेको छ । विशेषगरी भारत र नेपालका कन्टेन्ट क्रिएटरहरूले यो गीत र फिल्मको प्रशंसा गर्दै कन्टेन्ट बनाएपछि यसको चर्चा चुलिएको हो ।
मुस्ताङको फाँटमा अलपत्र छाडिएको पुरानो बसभित्र बसेर ब्याण्डको सपना देख्ने चार बालबालिकाको कथा बोकेको यस फिल्मलाई भारतीय लेखक तथा निर्देशक सुमन सेनले निर्देशन गरेका हुन् ।
फिल्ममा कुन्साङ गुरुङ, टासी वाङडु गुरुङ, पेमा वाङ्ग्याल गुरुङ र छिरिङ धुन्डुप गुरुङको मुख्य अभिनय रहेको छ । नेपालको उच्च पहाडी क्षेत्रको दु:खलाई अभिव्यक्त गर्ने गीतका शब्दहरू सौरभ राईले लेखेका हुन् ।
गीतको ड्रम कभर, किबोर्ड कभर र भोइस कभर तयार गर्ने प्रतिस्पर्धा नै चलेको सामाजिक सञ्जालमा देखिन्छ, जसलाई दर्शकले पनि निकै रुचाएका छन् । इन्स्टाग्राम र फेसबुक रिलहरूमा हजारौँ प्रयोगकर्ताले यो गीतमा भिडियो बनाइरहेका छन् ।
ब्राउजरमा हेर्नुहोस् यो सर्ट फिल्म
नाउनेस एसियाले सन् २०२६ फेब्रुअरी २१ मा यो फिल्मलाई निःशुल्क हेर्नका लागि सार्वजनिक गरेपछि यसको चर्चा पुनः सुरु भएको हो । नेपाली भाषामा बनेको यो चलचित्र अंग्रेजी सबटाइटलमा उपलब्ध छ । यस फिल्ममा नेपालका स्थापित निर्माता रामकृष्ण पोखरेल र भारतका निर्देशक सेन सहित फ्रान्स र बंगलादेशका अन्य निर्माताको संयुक्त लगानी रहेको छ ।
प्रतिक्रिया 4