+

‘एल क्लासिको’ जित्दै बार्सिलोना ला लिगा च्याम्पियन

२०८३ वैशाख  २८ गते ७:३३ २०८३ वैशाख २८ गते ७:३३
‘एल क्लासिको’ जित्दै बार्सिलोना ला लिगा च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई २–० ले पराजित गर्दै स्पेनिस ला लिगाको २९औं उपाधि जितेको छ।
  • बार्सिलोनाका मार्कस रासफर्डले नवौं मिनेटमा फ्रिकिक गोल गरे भने फेरान टोरेसले १८औं मिनेटमा दोस्रो गोल गरे।
  • बार्सिलोनाले सिजन सकिन तीन खेल बाँकी रहँदै ९१ अंकसहित उपाधि सुनिश्चित गरेको छ र घरेलु मैदानमा अपराजित रह्यो।

२७ वैशाख, काठमाडौं । बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो ।

बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे । त्यसपछि भने गोल भएनन् ।

यस जितसँगै बार्सिलोनाले सिजन सकिन तीन खेल बाँकी रहँदै ला लिगा उपाधि जितेको हो । बार्सिलोनाको ३५ खेलबाट ९१ अंक भएको छ भने दोस्रो स्थानको रियलको समान खेलबाट ७९ अंक छ ।

बार्सिलोना यस सिजन घरेलु मैदानमा अपराजित रह्यो । उसले घरेलु मैदानमा खेलेका सबै १८ खेल जित्दै प्रभावशाली प्रदर्शन गरेको थियो ।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लगातार ११ खेल जित्दै उपाधि यात्रा पूरा गरेको हो ।

एल क्लासिको बार्सिलोना रियल मड्रिड स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय