News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न युवाहरूले प्रदर्शन गरे।
- ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै प्रदर्शनमा प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
- प्रदर्शनकारीहरूले 'मानव अधिकार किन चुप सरकारसँग भयो कि घुसपैठ ?', 'सत्य लुकाएर के पायौ', 'प्रतिवेदन किन लुकायौ' लेखिएका प्लेकार्ड बोकेका थिए।
२८ वैशाख, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनको क्रममा युवाहरू आयोगको कार्यालय तर्फ अघि बढ्न खोजेपछि प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।
ललितपुर प्रहरीका एसपी गौतम मिश्रका अनुसार प्रदर्शन गर्दै आयोगको कार्यालय तर्फ अघि बढ्न खोज्ने १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
प्रदर्शनमा उत्रिएका युवाहरूले मानव अधिकार किन चुप सरकारसँग भयो कि घुसपैठ ?, सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ, मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ? सरकार डरायो, प्रतिवेदन हरायो लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया 4