+
+
Shares

प्रधानमन्त्रीविरुद्धको रिट जिल्ला अदालतद्वारा दर्ता गर्न अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ।
  • नेपाल विद्यार्थी संघका नेता विकल राईले प्रधानमन्त्री शाहको 'देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल' सम्बोधनलाई लिएर रिट दायर गरेका थिए।
  • राईले उक्त शब्दले विद्यार्थी समुदायको मानमर्दन भएको दाबी गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए।

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राइ रिट दायर गर्न गएका थिए ।

उक्त शब्दले विद्यार्थी समुदायको मानमर्दन र गाली बेइज्जती भएको दाबी गर्दै उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता शब्द प्रयोग गर्द अपमान भएको भन्दै उनले रिट लिएर गएका थिए ।

‘प्रधानमन्त्रीले फेसबुकमार्फत युवा र विद्यार्थीको मानमर्दन गरिरहँदा चुप बस्नु भनेको त्यो अपमानलाई स्वीकार्नु हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?