News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा विदेशी पर्यटकले नेपालमा गरेको खर्च ३.८ प्रतिशतले घटेर ६४ अर्ब १० करोड रुपैयाँ कायम भएको छ।
- सेवा खाता घाटा ९ महिनामा ६७ अर्ब ५४ करोड पुगेको छ, जुन गत आवको ६७ अर्ब ४५ करोडभन्दा बढी हो।
- शिक्षाका लागि १ खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ विदेशिएको छ र पश्चिम एसियाको युद्धले पर्यटक आगमनमा नकारात्मक प्रभाव पारेको छ।
२८ वैशाख, काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्च घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत मसान्त) सम्म भ्रमण आय ३.८ प्रतिशतले गिरावट आएको छ ।
चैतसम्म विदेशी पर्यटकले नेपालमा गरेको खर्च ६४ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आव सोही महिनामा सेवा आय ६६ अर्ब ६६ करोड थियो ।
एकातर्फ विदेशी पर्यटकले गर्ने खर्च घट्नु र अर्कातर्फ शिक्षा तथा नेपालीले विदेशमा गर्ने खर्च बढ्दा सेवा खाता घाटा उच्च छ । ९ महिनामा सेवा खाता घाटा ६७ अर्ब ५४ करोड बराबर छ । गत आव यस्तो घाटा ६७ अर्ब ४५ करोड थियो ।
यस अवधिमा शिक्षाका लागि १ खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ बराबर विदेशिएको छ । कुल १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर सेवा व्यय रहेको छ । सेवा व्ययसमेत गत आवको तुलनामा भने २.६ प्रतिशतले घटेको छ । गत आव ९ महिनामा सेवा व्यय १ खर्ब ६९ अर्ब ८४ करोड थियो ।
पश्चिम एसिया युद्धका कारण पर्यटक आगमन समेत ओरालो लाग्ने क्रममा छ । जसको प्रभाव भ्रमण आयमा देखिएको हो ।
प्रतिक्रिया 4