+
+
Shares

प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले गरे पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले ३० वैशाखमा पदभार ग्रहण गरेका छन्।
  • सभामुख डोल प्रसाद अर्यालले अधिकारीलाई शपथ ग्रहण गराएका हुन्।
  • अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३ का हुन् र २४ वर्ष निजामती सेवामा अनुभव भएका उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्।

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गरेका छन् ।

बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका हुन् ।

अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३ संखुवासभाका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।

निजामती सेवामा २४ वर्षको अनुभव भएका उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?