+
+
Shares

कृषि समितिद्वारा ७ सदस्यीय उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सात सदस्यीय उपसमिति गठन गरेको छ।
  • सभापति अशोक चौधरीले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राखेर उपसमिति गठन भएको बताए।
  • उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत लगायत सदस्यहरू छन् ।

३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका सभापति अशोक चौधरीले बैठकले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राख्दै उक्त उपसमिति गठन गरेको हो ।

उपसमिति गठनका क्रममा सभापति चौधरीले केवल प्रतिनिधित्व मात्र नभई सम्बन्धित विषयमा अध्ययन गरी ठोस प्रतिवेदन तयार पार्न सदस्यहरूको चयन गरिएको स्पष्ट पारे ।

नवगठित उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अली बार र प्रेमबहादुर बयक सदस्य रहेका छन् ।

समितिले कृषि, वन लगायतका क्षेत्रका लागि आवश्यकताअनुसार थप उपसमितिहरू समेत निर्माण गर्दै लैजाने लक्ष्य राखेको छ ।

उपसमितिको गठनसँगै समितिको बैठक १ जेठ बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?