+
+
Shares

आगलागी हुँदा एक घर जलेर नष्ट

आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर नष्ट भएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा रामकुमार लिम्बुको तीन तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
  • आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • घरको माथिल्लो कोठामा छ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा आगो सल्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

३१ वैशाख, ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर नष्ट भएको हो ।

आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको माथिल्लो कोठामा छ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

मैवाखोला-६ का वडाध्यक्ष राजमान लिम्बूले आगलागीको खबर गरेपछि अस्थायी प्रहरी चौकी फाकुम्बाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?