+
+
Shares

स्मार्ट टेलिकमका लिलामी उपकरणका कागजात सीआईबीले नियन्त्रणमा लियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात नियन्त्रणमा लिएको छ।
  • एनसेलले सीआईबीको माग अनुसार लिलामी उपकरणका कागजात उपलब्ध गराएको स्रोतले जनाएको छ।
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई उपकरण लिलामी विवादमा बुधबारदेखि नियन्त्रणमा लिइएको छ।

३१ वैशाख, काठमाडौं । तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको छ।

लिलामीका उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात माग गरेको थियो । सोबमोजिम एनसेलले कागजात उपलब्ध गराएको स्रोतले जनाएको छ ।

‘जिम्मेवार कर्पोरेट संस्थाको रूपमा एनसेलले सीआईबीबाट माग भएबमोजिमका लिलामी उपकरणका कागजात बुझाएको छ’ स्रोतले भन्यो ‘यसले प्रहरीको अनुसन्धानलाई सघाउनेछ ।’

प्रहरीले स्मार्ट टेलिकमको उपकरण लिलामी गरेको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई बुधबारदेखि नियन्त्रणमा लिएको छ । तत्कालीन स्मार्ट टेलिकमले बैंकको ४ अर्ब ६० करोड ऋण तिर्न नसकेपछि बैंकले उपकरण लिलाम बिक्री गरी असुल गरेको थियो ।

विधिपूर्वक लिलामी प्रक्रियाका क्रममा ती उपकरण एनसेलले खरिद गरेको थियो । यही विषयलाई लिएर प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने एनसेलबाट लिलामी बिक्री सम्बन्धी कागजात लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?