+
+
WC Series
चितवन राइनोज 2025
89/10 (17.2)
VS
Kathmandu Gorkhas won by 53 runs
Won काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

स्मार्ट टेलिकम पीडितलाई सञ्चारमन्त्रीले भने- अन्यायमा पर्न दिँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १५:०९

१२ मंसिर, काठमाडौं । स्मार्ट टेलिकम पीडितहरूले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन् । आज सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरूले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरू लामोसमयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरूले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरू पीडित बनेको उनीहरूले बताए ।

स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरू पिडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि संचारमन्त्री भेट्नुपरेको बताए ।

स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाकाअनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ । सरकारले समीति पनि बनाएको छ ।

‘तपाईंहरूको माग जेजे छ, लिखित ल्यानुहोस् यो सरकारले कसैलाई अन्यायमा पर्न दिँदैन । सबैतिरका समस्या सरकारले सुन्छ । समस्या सुन्दा कहाँनिर बद्मासी भएको छ, को अन्यायमा परेको छ । यसको न्याय र समस्या समाधान कसरी हुनुपर्छ, सरकारले खोजिहाल्छ,’ उनले भने ।

यस्तो छ पीडितको गुनासो

हाम्रो समस्या भनेको स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि हामीले टावर राख्नुपर्‍यो भनेर घर माग्न आयो । उहाँले विभिन्न ठाउँमा सेवा विस्तार गरेका छौं भनेर डकुमेन्ट लिएर टावर राख्नका लागि घर माग्नुभयो । महिनौँ पिच्छे बैंकमा तपाईंहरूको भाडा हाल्दिन्छौं र कर पनि दाखिला गर्दिन्छौं भनेपछि हामीले घर भाडामा दियौँ । उनीहरूले ठाउँठाउँमा यसरी नै घरहरू पनि लिएका थिए । पछि स्मार्ट टेलिकम घाटामा जान लागेछ । उसले हामीलाई भाडा कम हाल्न थाल्यो । पछि भाडा नै हाल्न छाड्यो । भाडा हाल्न छाडेपनि उसको अफिसमा हामी जान लाग्यौं । अफिसमा गार्डमात्रै हुने कम्पनी भागिसकेको रहेछ । कम्पनी भागेपछि हामी दूरसञ्चार प्राधिकरण जमल गर्‍यौँ । त्यहाँ निवेदन मागियो । हामीले २–३ सय निवेदन दियौँ । व्यक्तिपिच्छे दर्ता गयौँ । समस्या समाधान भएन । हामीले टेलिकम खारेज हुनुभन्दा २ वर्षअघिको भाडा पाएका छैनौं । अहिले स्मार्ट टेलिकम खारेज भएको पनि तीन वर्ष भयो । उनीहरूको टावर अहिले हाम्रो घरमै छ । बिजुलीको बिल उसले तिर्ने सम्झौता हो तर त्यो तिरेको छैन् । काठमाडौंमा १ हजार भन्दा बढी पीडित छौं । देशभर ५ हजार पीडित छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?