Comments Add Comment

७ वर्षपछि विधानको नयाँ एल्वम

bidhan-shrestha
काठमाडौं । विधान श्रेष्ठ तन्नेरी पुस्ताका राम्रा गायक हुन् । उनका गीतमा छुट्टै विषेशता भेटिन्छ । तर, उनको नयाँ गीत नाआएको ७ वर्ष हुन लाग्यो ।

‘एल्बम निकालेर के गर्नु पहिला जस्तो बिक्री हुँदैन । घाटा खाएर कसरी काम गर्ने ?’ उनले भने । एल्बम बिक्री हुँदैन भन्दैमा चुप लागेर बस्न पनि हुँदैन भन्दै उनी अहिले एउटा नयाँ गीतमा भिडियो निर्माणमा तयारीमा छन् । भिडियो निर्माणको तयारीमा जुटेका विधान दसैंपछि दर्शक माझ आउने बताउछन् ।

बुहारी झार झैं, माछी मार्न जाउँ न दाजै लगायत दर्जनौ टिपिकल गीत गाएका विधानले यसपाली देउडामा आधारित रहेर गीत बनाएका छन् ।

देउडाको धुन आफुलाई मनपर्ने बताउने विधानले त्यही बेशमा आधारित रहेर नयाँ गीत बनाएको बताए । ‘देउडा हाम्रो मौलिक संस्कृति मध्ये एक भएकाले यसपाली देउडामा आधारित गीत बनाएको छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment