+
+
Shares

बडिमालिका जाँदा बेहोस भएका सतर्कता केन्द्रमा कार्यरत लेखा अधिकृतको मृत्यु

बाजुराको बडिमालिका जान लागेका बेला बेहोस भएका राष्ट्रिय सकर्तता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते २१:४८

२ जेठ, काठमाडौं । बाजुराको बडिमालिका जान लागेका बेला बेहोस भएका राष्ट्रिय सकर्तता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा सतर्कता केन्द्रमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थी छन् । उनको स्थायी ठेगाना भैरहवा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पन्थीसहित चार जनाको टोली बडिमालिका दर्शन गर्न बाजुरा पुगेको थियो । गन्तव्यतर्फ जाने क्रममा बडिमालिका नगरपालिका–८ स्थित खारेको जंगल पन्थी बेहोस हुनपुगेका थिए ।

त्यहाँबाट उद्धार गरेर ५:४५ मा उनलाई जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको प्रहरीले जनाएको छ । अस्पताल पुर्‍याएलगत्तै ५: ५० बजे चिकित्सबले मृत्युको घोषणा गरेको प्रहरीले जनाएको छ ।

पन्थीसँगै सतर्कता केन्द्रमै कार्यरत उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा पनि बडिमालिका दर्शन गर्न भनेर बाजुरा पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?