+
+
Shares

लोमान्थाङबाट ५९० कार्टुन भेपसहित ३ जना पक्राउ

सशस्त्र प्रहरीको टोलीले ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते ११:३८

३ जेठ, काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरो) बरामद भएको छ ।

सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् ।

ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै गरेको भेप  सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको कन्टेनरमा भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स (सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ ।

पक्राउ गरिएका व्यक्तिहरुलाई प्रहरीलाई र सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्रका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?