+
+
Shares

३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता

लाक्पा शेर्पाले ११ औं पटक चढिन् सगरमाथा 

५६ वर्षीय कामिरिताले आज बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १०:३६
कीर्तिमानी आरोही कामिरिता शेर्पा । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन्।
  • कामिरिताले १७ मे २०२६ बिहान १०:१२ बजे सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ।
  • उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छ र काठमाडौँमा भव्य स्वागतको तयारी भइरहेको छ।

३ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

‘३२ औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेट समिट ट्रेक्सले फेसबुकमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

महिलातर्फ लाक्पा शेर्पाले राखिन् सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान

त्यसैगरी, ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।

सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?