+
+
Shares

महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालक २० वर्षीय राहुल खत्रीको मृत्यु भएको छ।
  • खत्रीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।
  • दुर्घटनामा संलग्न गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

४ जेठ, काठमाडौं । महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु भएको छ ।

सडकमा रोकेको प्र.३–०१–०२४ च३६१४ नम्बरको योद्दा गाडीमा बा. प्र. ३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो । आइतबार राति स्कुटर ठोक्किंदा चालक काभ्रेको पनौती घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?