News Summary
Generated by OK AI. Editorially reviewed.- वैशाख महिनामा ७४ हजार ४ सय २९ नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन्।
- वैशाखमा ४१ हजार ३ सय २४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुन: श्रम स्वीकृति लिएका छन्।
- चैत २०८२ को तुलनामा वैशाखमा १२ हजार ६ सय १० बढीले वैदेशिक रोजगारीमा गएका छन् र चालु आर्थिक वर्षमा ६ लाख ६१ हजार ७ सय ६१ जना गएका छन्।
४ जेठ, काठमाडौं । वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका हुन् ।
तीमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन् । उक्त अवधिमा ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।
चैत २०८२ मा भने ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएर वैदेशिक रोजगारीमा गएका थिए । चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढीले वैदेशिक रोजगारीमा गएका हुन् ।
चालु आर्थिक वर्ष साउनदेखि वैशाख मसान्तसम्ममा ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ८२ हजार ९ सय ३९ पुरुष र ७८ हजार ८ सय २२ महिला छन् ।
प्रतिक्रिया 4