+
+
Shares

२० दिन बिदा बसिन् न्यायाधीश मल्ल 

प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्।
  • प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदामा गएकी हुन्।
  • डा. शर्माले मंगलबार शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन्।

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । तर संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् ।

डा. शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया सकेर सोही दिन नै शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।

शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?