+
+
Shares
बक्सअफिस :

‘लालीबजार’ को कमाइ ५ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १२:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'लालीबजार'ले देशभरबाट ५ करोड १५ लाख १८ हजार ९७० रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • निर्माता म्याक्स दीपेश खत्रीले सामाजिक सञ्जालमार्फत फिल्मले ५ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको जानकारी दिएका छन्।
  • फिल्म प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ र वादी समुदायकी महिलाको संघर्ष कथा प्रस्तुत गर्छ।

काठमाडौं । षट्कोण आर्ट्सको निर्माणमा बनेको सामाजिक कथावस्तुमा आधारित फिल्म ‘लालीबजार’ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापारलाई निरन्तरता दिएको छ । फिल्मले शुक्रबार बिहानसम्म देशभरबाट ५ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मको हालसम्मको कुल कमाइ ५ करोड १५ लाख १८ हजार ९७० रुपैयाँ ग्रस पुगेको छ । निर्माता म्याक्स दीपेश खत्रीले सामाजिक सञ्जालमार्फत फिल्मले ५ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको जानकारी दिएका छन् ।

प्रदर्शनको पहिलो दिन १० लाख रुपैयाँभन्दा कम व्यापार गरेको फिल्मले त्यसपछि भने लगातार राम्रो कमाइ गरिरहेको छ । मंगलबार मात्रै फिल्मले देशभरबाट करिब ४० लाख रुपैयाँ कमाएको विवरण सार्वजनिक भएको छ ।

एकातिर कानुनी विवाद र विरोधको सामना गरिरहे पनि अर्कोतिर बलियो ‘वर्ड अफ माउथ’को साथ पाउँदै फिल्मको व्यापार उकालो लागिरहेको छ । शुक्रबारदेखि फिल्म प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ ।

यम थापाको निर्देशन रहेको फिल्मले वादी समुदायकी एक महिलाले आफ्नो पहिचान र सन्तानको उज्ज्वल भविष्यका लागि गर्ने संघर्षको कथा प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?