+
+
Shares

जगद्गुरु शंकराचार्य विधुशेखर भारतीद्वारा चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पूजा अर्चना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शङ्कराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन्।
  • ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ का अवसरमा नेपाल आएका जगद्गुरु शङ्कराचार्यलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरे।
  • चन्द्रागिरि भ्रमणका क्रममा जगद्गुरु शङ्कराचार्यले भालेश्वर महादेव मन्दिर परिसरमा आफूले अलौकिक अनुभूति गरेको बताए।

१२ जेठ, काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन् ।

‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ को अवसरमा यहाँ आएका उनी सोमबार चन्द्रागिरि पुगेका हुन् । जगद्गुरु शङ्कराचार्य सहितका विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल तथा सञ्चालक, संस्थापक सहितका पधाधिकारीहरुले स्वागत गरे ।

भ्रमणका अवसरमा जगद्गुरु शङ्कराचार्यले पर्यटन क्षेत्रमा चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरे । साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको उनले बताए।

यहाँको वातावरण संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने उनको भनाइ छ । हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?