+
+
Shares

साहित्यकार सन्ध्या पहाडीको ‘क्रमशः सम्बन्धहरू’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १८:४८

१२ जेठ, काठमाडौं । साहित्यकार सन्ध्या पहाडीको उपन्यास क्रमशः सम्बन्धहरू सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा यही जेठ ९ र १० गते अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गरिएको थियो । यसै सम्मेलनको उद्‍घाटन समारोहमा कृति लोकार्पण गरिएको छ ।

समारोहमा विभिन्न मुलुकबाट सहभागी भएका अतिथिहरू तथा अमेरिकाका विभिन्न राज्यबाट आएका करिब २५० जना लेखक, पत्रकारहरूको उपस्थिति थियो ।

मूलतः लैङ्गिक समस्यालाई विषय बनाइएको यस उपन्यासमा अस्तित्वको खोजी गर्दै गरेकी एउटी नारीको जीवनका विभिन्न आयामहरूलाई प्रस्तुत गरिएको छ ।

नारी सस्ट्राहरू निलम कार्की निहारिका, भारती गौतम, सीता पाण्डे, संगीता स्वच्छ, डा पुष्पा शर्माले संयुक्त रूपमा लोकापर्ण उपन्यासको लोकार्पण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?