News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारमा बालेन शाह, रवि लामिछाने र डा. स्वर्णिम वाग्लेबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ ।
- आगामी बजेटको अन्तिम तयारी भइरहँदा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो भेटघाट भएको हो ।
- सिंहदरबारमा दिनभर अन्य भेटघाटमा व्यस्त रहेका शाह विगत १२ घण्टादेखि त्यहीँ रहेको जनाइएको छ ।
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ ।
उनीहरूबीच अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल चलिरहेको हो ।
सम्बद्ध स्रोतका अनुसार, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केन्द्रित भएर उनीहरू छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री शाह करिब १२ घण्टादेखि सिंहदरबारमै छन् । दिनभर अन्य भेटघाटमा व्यस्त भएका प्रधानमन्त्री बालेन कार्यालय समयपछि भने अर्थमन्त्री वाग्ले र सभापति लामिछानेसहितको छलफलमा जुटेका हुन् ।
बजेटको अन्तिम तयारी चलिरहँदा उनीहरूबीचको यो भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4