+
+
Shares

कि प्रधानमन्त्रीलाई संसद्‍मा ल्याइयोस् कि मलाई संसद्‍बाट निकालियोस् : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका छन् ।
  • प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ उनले प्लेकार्ड देखाएर प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जनाए ।
  • उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन नसके नियमावलीको नियम ३१ को १ अनुसार आफूलाई निष्कासन गर्न सभामुखसँग माग गरे ।

१३ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले उठेर विरोध गरे । प्ले कार्ड देखाएर प्रधानमन्त्रीको उपस्थिति संसद्मा खोजे ।

सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि आफ्ना कुरा राखे । त्यसक्रममा उनले भने, ‘सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन सक्नुभएको छैन । यसकारणले म मागद गर्दछु– यहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीज्यस्लाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनकको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु ।’

कि संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई निकाल्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?