News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार नहुञ्जेल विरोध जारी रहने बताएका छन्।
- उनले गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए विषयमा जवाफ संसदमा दिनुपर्ने बताए।
- उनले सरकारको आलोचना गरेकै आधारमा निलम्बन भए पनि आफूहरु तयार रहेको उल्लेख गरे।
६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिए ।
गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताए ।
‘हामी विरोध गरिरहन्छौं, पाँचै वर्ष गर्छौं । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौं,’ उनले भने ।
उनले सरकारको आलोचना गरेकै आधारमा निलम्बन गरिन्छ भनेपनि आफूहरु तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4