News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बन हुनपनि तयार रहेको बताए।
- अध्यक्ष साम्पाङले सरकारलाई प्रश्न गर्न नदिनेगरी सभामुखको रुलिङको विरोध आफूहरूको निरन्तर रहने बताए।
- सुकुमवासी, लिपुलेक, विदेशी ऋण विषयमा सरकारले जवाफ नदिएको आरोप उनले लगाएका छन्।
६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्बन हुन पनि तयार रहेको बताएका छन् ।
बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने बताए ।
उनले भन्दै विरोध गरेकै कारण आफूहरूलाई निलम्बन हुन्छ भने त्यसका लागि पनि तयार रहेको बताए । सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए ।
उनले सार्वभौम संसद र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।
सुकुमवासी, लिपुलेक, विदेशी ऋण लगायत विषयमा सोधिएको प्रश्नको जवाफ सरकारले नदिएको उनको आरोप छ ।
उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने टिप्पणी पनि गरे ।
प्रतिक्रिया 4