१३ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।
आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे । सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए ।
साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखे । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ ।
यस्तोमा बरु आफूलाई नै संसद् बैठकबाट निकाल्न उनले सभामुखलाई आग्रह गरे । केहीबेर सवालजवाफ भएपछि साम्पाङ बैठक कक्षबाट निस्किए ।




प्रतिक्रिया 4